| सोमवार, कार्तिक २३, २०८३

श्यामसुन्दर श्रेष्ठको २० औंस्मृति दिवस मनाईयो

दरौंदी ः नेपाल विद्यार्थी संघ गोरखाले विद्यार्थी नेता श्यामसुन्दर श्रेष्ठको २०औंस्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । संघले सो अबसरमा गोरखा सदरमुकाम को पुरानो बसपार्कमा रहेको श्रेष्ठको सालिकमा माल्यार्पण गर्नुका साथै गोरक्षनाथ बैदिक गुरुकुल विद्यालयका विद्यार्थीलाई झोला वितरण गरी मनाएको हो ।
गुरुकुलका विद्यार्थी तथा शिक्षकहरुलाई शनिबार बिहानको खानाको ब्यबस्थापन पनि गरिएको संघका जिल्ला अध्यक्ष रुपबहादुर गुरुङले बताए ।
संघका पुर्ब अध्यक्ष एवम केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठको माओवाद िसशस्त्र युद्धका क्रममा २०५५ साल मंसीर १५ गते हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्