
विन्ध्यावासिनी माविमा पदमबहादुर थापा अक्षयकोष स्थापना
दरौंदी ः स्वर्गीय पिता पदम बहादुर थापाको स्मृतिमा छोराहरुले गाउँको माध्यमिक विद्यालयमा छात्रवृत्तिकोष स्थापना गरेका छन् । गोरखा नगरपालिका ३ नारेश्वरका प्रेमबहादुर थापा, गणेशबहादुर थापा, बलबहादुर थापा, सुरेश थापा र राजेश थापाले आमा तिल कुमारी थापा संरक्षक रहने गरी विन्ध्यावासिनी माध्यमिक विद्यालय मा पदमबहादुर थापा अक्षयकोष स्थापना गरेका हुन् ।
शुक्रबार एक औपचारिक कार्यक्रम गरी थापा परिबारले अक्षयकोषमा एकलाख एघार हजार रुपियाँ राखेको जानकारी गराएका हुन् । सो रकमको व्याजबाट विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई बर्षेनी छात्रवृत्ति प्रदान गर्ने जानकारी गराएका शिक्षक माधव तिवारीले जानकारी दिए ।




