
‘वर्तमान शैक्षिक अवस्था एक चिन्तन’ विषयमा अन्तरक्रिया
गोरखा नगरपालिकाको सहयोगमा नेपाल निवृत्त शिक्षक समाज गोरखा नगरपालिकाले वर्तमान शैक्षिक अवस्था एक चिन्तन विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।नगरपालिकाभरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु सहभागी सो कार्यक्रममा समाजका केन्द्रीय प्रतिनिधि बाबुराम अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर कृष्ण राना, विशेष अतिथि उपमेयर मसली माया थोकर, प्रमुख प्रशासकीय अधिकृत एकदेव खनाल सहभागी थिए । कार्यक्रममा सो विषयमा नगर शिक्षा शाखाका प्रमुख चन्द्र खड्का, शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख विश्व रेग्मी, निवृत्त शिक्षक समाज गोरखाका अध्यक्ष रामबाबु श्रेष्ठ, प्रधानाध्यापकहरु मीनबहादुर नेपाली, वेद शर्मालगायतले आ–आफ्ना धारणा राखेका थिए ।
निवृत्त शिक्षक समाज गोरखा नगर समितिका अध्यक्ष बाबुराम विकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको समाजका जिल्ला सचिव अनन्त न्यौपानले जानकारी दिए ।




