
त्रिवेणी माविलाई १० थान कम्प्यूटर प्रदान
वी केयर नेपाल नामक एक सामाजिक संस्थाले पालुङटार नगरपालिका ९ सेरास्थित त्रिवेणी माविलाई १० थान कम्प्यूटर र प्रिण्टर प्रदान गरेको छ ।
शुक्रबार विद्यालयमा एक कार्यक्रम आयोजना गरी संस्थाका मनोज ढुंगानाका पिता कृष्णप्रसाद ढुंगानाले विद्यालयका प्रधानाध्यापक गणेश सेढाईलाई हस्तान्तरण गरेका थिए ।
कम्प्यूटर तथा प्रिण्टर ग्रहण गर्दै प्रधानाध्यापक सेढाईँले यसले विद्यालयलाई आधुनिक प्रविधियुक्त शिक्षण सिकाइ कार्यक्रम सञ्चालन गर्न सघाउन पुग्ने भन्दै संस्थालाई धन्यवाद दिएका थिए ।




