
अर्यालको नवौं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइयो
स्वर्गीय उमेश अर्यालको नवौं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा बुधवार सरस्वती मावि आहालेमा अध्ययनरत दृष्टिबिहीन बिद्यार्थीलाई सरसफाइका सामाग्री वितरण गरिएको छ । स्वर्गीय उमेश अज्र्याल स्मृति सदनको आयोजनामा कार्यक्रम भएको हो ।
स्व. अर्यालको नाममा बिद्यालयमा स्मृति सभा हल समेत निर्माण भएको छ । बुवा हरिहर अज्र्यालले छोराको स्मृतिमा उक्त हल निर्माण गरिदिएका हुन् । हरेक स्मृति दिवसमा उनले दृष्टिविहीन बिद्यार्थीलाई शैक्षिक सामग्री पनि वितरण गर्दै आएका छन् ।
बिद्यालयको पक्की भवन निर्माणमा पनि उनको ठुलो योगदान छ । प्रत्येक बर्षजस्तै यो बर्ष पनि स्मृति दिवसमा कार्यक्रम गरिएको हो । कार्यक्रममा श्रद्धाञ्जली सभा समेत गरिएको छ ।
कार्यक्रममा स्वर्गीय उमेशका मामा बिश्वेश्वर कट्टेल, गोरखा नगरपालिका–८ का अध्यक्ष ऋषिराम खत्री, बिद्यालयका प्रधानाध्यापक मेघनाथ लामिछाने, सहायक प्रधानाध्यापक दुर्गा अधिकारी, दृष्टिविहीन बिद्यार्थीहरुका फोकल शिक्षक श्यामभक्त कट्टेल लगायतको उपस्थिति रहेको थियो ।




