
सूर्योदय माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
उत्तरी गोरखाको दुर्गममा रहेको धार्चे गाउँपालिका ५ गुम्दास्थित सूर्योदय माविमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । याक रु एड्भेन्चरका प्रबन्धक सुजन गुरुङ तथा उनकै समन्वयमा फ्रान्सेली नागरिक डेलफाइनको आर्थिक सहयोगमा उक्त शैक्षिक सामाग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक लोकबहादुर गुरुङले बताए ।
प्रअ गुरुङका अनुसार विद्यालयको इसिडिदेखि कक्षा १० सम्म अध्ययनरत २३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । दातृ निकायले बुधबार एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई कपि, कलम, न्यायो कपडा, खेलकुदका सामाग्री लगायत वितरण गरेको उनले जानकारी दिए ।
करिब ७६ हजार रुपैँया बराबरको सामाग्री वितरण भएको प्रधानाध्यापक लोक बहादुर गुरुङको भनाइ छ ।




