
बारपाक सुलिकोटका सातसय बढि विद्यार्थीलाई न्यानो कपडा वितरण
बारपाक सुलिकोट गाउँपालिकाका सातसय भन्दा धेरै विद्यार्थीहरुलाई एक सामाजिक संस्थाले न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाभित्रका विभिन्न सातवटा विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट, ट्राउजर र टोपी उपलब्ध गरिएको हो ।
गाउँ वातावरण नेपाल नामक संस्थाले माइकोट माध्यमिक विद्यालय ताकुकोटका १४३ जना, माझथर मावि स्वाँराका ३६५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । त्यस्तै, भगवती आधारभूत विद्यालय मान्द्रेका ७६, चन्द्रकला आधारभूत विद्यालय आरुखर्कका ६७ र मूलदेवी आधारभूत विद्यालय ग्याजी हुँडीखोलाफाँटका ३३ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको सो संस्थाले जनाएको छ ।
त्यस्तै धर्मवती आधारभूत विद्यालय भालुस्वाँराका १३ र नारदपोखरी आधारभूत विद्यालय बारपाकका सात जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको संस्थाले जनाएको छ ।




