
द्रव्यशाह क्याम्पसमा भारत धिताल स्मृति प्रतिष्ठान स्थापना गर्ने निर्णय
द्रव्यशाह बहुमुखी क्याम्पसमा स्वर्गीय भारतप्रसाद धिताल स्मृति प्रतिष्ठान स्थापना गर्ने निर्णय भएको छ । मंगलबार सम्पन्न बैठकले क्याम्पसका पूर्व सञ्चालक समितिका अध्यक्ष धितालको सम्झनामा स्मृति प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानको नाममा निश्चित धनराशी वैँकमा बचत गर्ने र त्यसबाट प्राप्त व्याजबाट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको क्याम्पस प्रमुख एकदेव अधिकारीले जानकारी दिए । साथै सोही प्रतिष्ठानको रकमबाट क्याम्पसको शैक्षिक, भौतिक, विद्यार्थी कल्याण तथा क्षमता अभिवृद्धि, अनुसन्धान, खेलकुद प्रतिभा विकास, सामाजिक उत्तरदायित्व, सीप विकासका कार्यक्रमहरु गर्ने पनि निर्णय भएको छ ।
मूल धन बचाइराख्ने, थप गर्दै जाने र यसबाट अन्य जिल्लाहरुमा पनि कार्यक्रम विस्तार गर्ने निर्णय भएको क्याम्पस प्रमुख अधिकारीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर क्याम्पसको वार्षिक उत्सवमा प्रतिष्ठान घोषणा गर्ने निर्णय भएको क्याम्पस प्रमुख अधिकारीले जानकारी दिए ।




