
बिद्यार्थीलाई झोला वितरण
शहिद लखन गाउँपालिका–७ बुंकोटस्थित लखन थापा प्राविका बिद्यार्थीलाई बिद्यालय झोला वितरण गरिएको छ । बाल कक्षादेखि ५ सम्मका बिद्यार्थीलाई झोला वितरण भएको वडाध्यक्ष शरण श्रेष्ठले बताए ।
गोरखा जेसीजकी सदस्य प्रजुला श्रेष्ठको आर्थिक सहयोगमा झोला वितरण भएको हो । गोरखा जेसीज र वडा कार्यालयले समन्वय गरेको थियो । नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रिय अध्यक्ष एवं अन्तराष्ट्रिय उपाध्यक्ष सिनेटर रजनी थापाको प्रमुख अतिथ्यतामा मंगलवार एक कार्यक्रमकाबीच झोला वितरण भएको हो ।
कार्यक्रममा गोरखा जेसीजका अध्यक्ष सुमन गुरुङ, जनप्रतिनिधी, बोर्ड पदाधिकारी, बिद्यालयका प्रधानाध्यापक एवं शिक्षक लगायतको उपस्थिती रहेको थियो । चण्डिका आधारभूत बिद्यालयको बाल कक्षामा अध्ययनरत बिद्यार्थीलाई पनि झोला वितरण भएको बताइएको छ ।




