
विश्व एड्स दिवसमा हाजिरी जवाफ र द्वीप प्रज्वलन
३८ औं विश्व एड्स दिवसको अवसरमा गोरखामा द्वीप प्रज्वलन र हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएको छ । ‘अवरोधहरु पार गरौँ एड्स प्रतिकार्य रुपान्तरण गरौँ’ भन्ने मूलनाराका साथ मनाइएको ३८औँ विश्व एड्स दिवसको अवसरमा प्रदेश स्वास्थ्य कार्यालय गोरखाले द्वीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो ।
प्रदेश अस्पताल गोरखाको प्राङ्गणमा द्वीप प्रज्वलन गरिएको एचआईभी एड्स शाखाका फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए । प्रदेश जनस्वास्थ्य कार्यालयकी प्रमुख सिम्रन काफ्लेको अध्यक्षतामा सो कार्यक्रम भएको हो । त्यस्तै सोही अवसरमा गोरखा अस्पतालमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ ।
‘अवरोधहरु पार गरौँ एड्स प्रतिकार्य रुपान्तरण गरौँ’ भन्ने मूल नारामा आधारित भएर आयोजना गरिएको प्रतियोगितामा गोरखा अस्पतालकै ओटी शाखा प्रथम भएको छ । त्यस्तै ओपिडी शाखा द्वितीय र इमर्जेन्सी शाखा तृतीय भएका छन् ।प्रदेश जनस्वास्थ्य कार्यालयकी प्रमुख सिम्रन काफ्लेको उपस्थितिमा कार्यक्रम भएको हो ।




