| शनिबार, अशोज ९, २०८३

शिक्षक तथा स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षार्थी प्रशिक्षक तालिम

किशोर किशोरीलाई यौन तथा मनोसामाजिक सचेतनाका लागि जिल्लाका शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षार्थी प्रशिक्षक तालिम दिइएको छ । हेल्थ स्किन हस्पिटल एण्ड रिसर्च इनसिचियुटको आयोजनामा शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिइएको हो ।

इनसिचियुटले पहिलो चरणमा जिल्लाका ८–१२ कक्षा सम्मका विधार्थीलाई लक्षित गरि मनोसामाजिक परामर्शबारे शिक्षकले आफ्नो विद्यालयमा प्रशिक्षण गराउने योजना रहेको हेल्थ स्किन हस्पिटल एण्ड रिसर्च इनसिचियुटकी डक्टर सूचना मरहट्टाले बताइन् । दोस्रो चरणमा विद्यालयमा गएर विद्यार्थीहरुको समस्या पहिचान गरी समाधानका लागि पहन गर्ने योजना रहेको उनले जानकारी दिइन् ।

साथै कार्यक्रममा किशोर किशोरीहरुलाई यौन स्वास्थ्य तथा मनोसामाजिक सचेतना नामक पुस्तक विमोचन गरिएको थियो । गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपमेयर मसलीमाया थोकर, गोरखा नगरपालिका–७ का वडाध्यक्ष विष्ण श्रेष्ठ, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल, विभिन्न विद्यालयका प्रधानध्यापक, शिक्षक, महिला स्वयंसेवीकालगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्