
गोरखाको बेस्ट मण्टेश्वरी पुरस्कृत
गोरखा नगरपालिका ७ नयाँबजारस्थित बेस्ट मण्टेश्वरी चिल्डूेन हाउस थर्ड सार्क एजुकेशनल अर्वाड प्राप्त गर्न सफल भएको छ । शिक्षालय राष्ट्रिय दैनिकले सो मण्टेश्वरीलाई ‘क्रियटिभ अवार्ड’ बाट सम्मानित गरेको हो । शिक्षालयले विभिन्न २५ शीर्षकमा सार्क देशका प्राध्यापक, सामुदायिक तथा निजी विद्यालयहरुलाई पुरस्कृत गरेको थियो । त्यसमध्य गोरखाको बेस्ट मण्टेश्वरी चिल्ड्रेन हाउसले क्रियटिभ अर्वाड प्राप्त गरेको हो ।




