
नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगितामा नवज्योतिका आरुष पण्डित प्रथम
गोरखा नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगितामा गोनपा–७ स्थित नवज्योति मावि डण्डीडाँडाका आरुष पण्डित प्रथम भएका छन् । शुकबार युनाईटेड सेभेन युथ क्लवको आयोजना र नवज्योति मावि डण्डीडाँडाको समन्वयमा प्रतियोगिता सम्पन्न भएको थियो ।
‘समाज रुपान्तरणमा युवा वर्गको भूमिका’ विषयक बक्तृत्वकला प्रतियोगितामा द ओल्ड क्यापिटल माविकी सृष्टि गुरुङ द्वितीय भएकी छिन् । प्रतियोगितामा महालक्ष्मी मावि, कोखेका सादिक मियाँ तृतीय भएका छन् भने जेनियस बोर्डिङ स्कूल नयाँबजारकी सञ्जु श्रेष्ठ र लक्ष्मी सामुदायिक शिक्षा सदनकी इशा कुँवर सान्त्वना भएका छन् ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुले क्रमश रु पाँच हजार ५५५, रु तीन हजार ५५५, दुई हजार ५५५ र एक हजार ५५ रुपैँया नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका आयोजक युनाईटेड सेभेन युथ क्लवका अध्यक्ष श्याम आलेले बताए । प्रतियोगितामा गोरखा नगरपालिकाभित्रका १६ वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएको उनले जानकारी थिए ।
आयोजक युनाईटेड सेभेन युथ क्लवका अध्यक्ष श्याम आलेको अध्यक्षता एवं गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न बक्तृत्वकला प्रतियोगितामा गोरखा नगरपलिकाकी उपप्रमुख मसली माया थोकर, गोरखा नगरपालिका वडा नं ७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, आयोजक युनाईटेड सेभेन युथ क्लवका अन्य पदाधिकारीहरु, नवज्योति मावि डण्डीडाँडाका प्रधानाध्यापक, शिक्षक एवं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।




