| शनिबार, अशोज ९, २०८३

चित्रेपोखरी माविका ३५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सिरानचोक गाउँपालिका–५ स्थित चित्रेपोखरी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
लियो क्लव अफ गोरखाले सो बिद्यालयका ३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । उनीहरुलाई कापी, पेन्सिल लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।

सोमबार एक कार्यक्रमका बीच कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई सामाग्री वितरण गरिएको लियो क्लव अफ गोरखाका अध्यक्ष मिलन उपरकोटिले बताए । विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थी छनोट गरि उक्त सामाग्री वितरण गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्