
सहिदलखन ८ मा विद्यार्थीहरुलाई पोशक हस्तान्तरण
सहिदलखन गाउँपालिका वडा नं ८ को कार्यालयले वडाको सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशक वितरण गरेको छ । वडाले ३ सामुदायिक विद्यालयहरुमा अध्ययनरत ३ सय ३६ जना विद्यार्थीहरुलाई ट्रयाकसुट र टिसर्ट हस्तानतरण गरेको हो ।
वडाले रामेश्वरी माविमा अध्ययनरत १ सय ७२ जना, राम्चे प्राविको ५६ जना र डाहाले प्राविमा अध्ययनरत ८ जनालाई विद्यालय पोशाक हस्तानतरण गरेको रामेश्वरी माविका प्रध्यानध्यापक जीवन अम्गाईले जानकारी दिए । वडाको आव २०८०/८१ को बजेट अन्तरगत पोशाक हस्तानतरण गरिएको उनले बताए ।
‘वडाले शैक्षिक व्यवस्थापन कार्यक्रम अन्तरगत बजेट बिनियोजन गरेर पोशाक वितरण गरेको हो’, उनले भने, ‘८० प्रतिशत वडाको र २० प्रतिशत विद्यार्थीको लगानीमा पोशाक खरिद गरिएको हो ।’ पोशाक हस्तानतरण कार्यक्रमले न्यून आयआर्जन हुने परिवारका विद्यार्थीहरुलाई धेरै राहात पुगेको उनको भनाई छ ।




