
शान्ति प्राविका बिद्यार्थीलाई झोला वितरण
गोरखा नगरपालिका–१२ छापगाउँस्थित शान्ति प्राथमिक बिद्यालयका बिद्यार्थीलाई झोला वितरण गरिएको छ । हेड्स नेपाल जिल्ला शाखा गोरखाले मंगलवार एक कार्यक्रमकाबीच ३९ जना बिद्यार्थीलाई झोला वितरण गरेको हो ।
संस्थाका अध्यक्ष ओमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका शिक्षा उपसमिति संयोजक रुसबाबु जोशी, बिद्यालयकी प्रधानाध्यापक बिष्णुमाया सापकोटा, बिद्यालय व्यवस्थापन समिति सदस्यको तर्फबाट सुपरिवेक्षण तथा लेखाजोखा समिति सदस्य होमबहादुर तामाङ लगायतले मन्तव्य राखेका थिए ।
सामुदायिक बिद्यालयमा बिद्यार्थी टिकाउ अभियानलाई सहयोग पु¥याउने उदेश्यले झोला वितरण गरिएको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।




