| सोमवार, अशोज ११, २०८३

अनुसन्धानात्मक लेखन र प्रकाशन सम्बन्धी गोष्ठी सम्पन्न

जिल्लास्थित बिभिन्न क्याम्पसका प्राध्यापकहरुको क्षमता अभिवृद्धिका लागि अनुसन्धानात्मक लेखन र प्रकाशन सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा अजिरकोट गाउँपालिकाको भच्चेकमा गोष्ठी भएको हो ।
गोष्ठीमा लुम्बिनी वाणिज्य क्याम्पसका प्राध्यापक डा. भगवतीप्रसाद चौधरी र ललितमान श्रेष्ठले सहजीकरण गरेका थिए । विश्व विद्यालय अनुदान आयोगको सहयोगमा आयोजित गोष्ठीमा गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पस, गोरखा क्याम्पस, भीमोदय क्याम्पस र भवानी क्याम्पसका २५ जनाको सहभागीता रहेको थियो ।

द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख एकदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिपक देवकोटा, उपाध्यक्ष अनिता भुजेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा गोष्ठीमा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्