
नगर क्षेत्रको शैक्षिक सुधारका लागि नगर प्रमुखको ध्यानाकर्षण
बिभिन्न माग राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखा नगर कार्य समितिले नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगर क्षेत्रको शैक्षिक सुधारका लागि भन्दै आइतवार ध्यानाकर्षण पत्र बुझाइएको संगठन नगर समिति अध्यक्ष श्याम पाण्डेले बताए ।
शिक्षकहरुलाई तहगत तथा बिषयगत तालिमको व्यवस्था गनुपर्ने, अपायक शिक्षक सरुवा तत्काल बन्द गरी सरुवा प्रक्रिया सरल र पारदर्शी बनाउन र आस्थाका आधारमा शिक्षकलाई गर्ने बिभेद अन्त्य गर्न उनीहरुले माग गरेका छन् ।
बिद्यालयको आवश्यकता र बिद्यार्थी संख्याको आधारमा शिक्षक पदस्थापन गर्न, निश्चित मापदण्ड बनाएर मात्र शिक्षक सरुवा गर्न र संस्थागत बिद्यालयलाई पनि नगर शिक्षा ऐन नियम अनुसार संचालन र नियमन गर्न माग गरिएको कट्टेलले जानकारी दिए ।
एक शिक्षक एक ल्यापट, एक झोला र पाठ्यक्रम र शिक्षक गाइडको अनिवार्य व्यवस्था गर्न पनि माग गरिएको छ । नगर क्षेत्रभित्रका सम्पूर्ण बिद्यालयमा बिद्यार्थीको समान पोशाकको व्यवस्था तत्काल लागू गर्न पनि भनिएको छ ।




