| सोमवार, अशोज ११, २०८३

शिक्षकलाई नयाँ पाठ्यक्रम र शिक्षण विधि सम्बन्धी तालिम दिइयो

जिल्लामा रहेका संस्थागत बिद्यालयको पूर्व प्राथमिक तह (नर्सरीदेखि यूकेजीसम्म) अध्यापन गराउने शिक्षकहरुलाई लक्षित गरी तालिम संचालन गरिएको छ । नयाँ पाठ्यक्रम र शिक्षण विधि सम्बन्धी तालिम दिइएको हो । प्याब्सन जिल्ला कार्यसमिति गोरखाको आयोजना, अभ्यास नेपालको आर्थिक सहयोग र पुष्पाञ्जली पुस्तक पसलको समन्वयमा तालिम भएको हो ।

शनिवार जिल्ला सदरमुकाममा भएको तालिममा जिल्लाभरका ८१ जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिममा देवना जोशी र अम्विका ढुंगानाले सहजिकरण गरेका थिए । शुक्रवार पालुङटार नगरपालिकाभित्रका संस्थागत बिद्यालयको पूर्व प्राथमिक तहका शिक्षकहरुलाई लक्षित गरी तालिम संचालन भएको प्रदिप खनालले बताए ।

‘हिजो पानपाका शिक्षकलाई लक्षित गरी तालिम संचालन ग¥यौ,’ उनले भने, ‘आज पानपा वाहेक जिल्लाका अन्य स्थानीय तहका बिद्यालयका शिक्षकलाई तालिम दियौ ।’ पानपामा भएको तालिममा ४० जना शिक्षकको सहभागीता रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्