| सोमवार, अशोज ११, २०८३

फुलवारी पाठशालाको लक्ष्य : प्रयोगात्मक र व्यवहारिक सिकाई

गोरखा नगरपालिका–८ बराहस्थित फुलवारी पाठशालाले प्रयोगात्मक र व्यवहारिक सिकाईको माध्यमबाट असल नागरिक उत्पादन गर्ने लक्ष्य राखेको छ । शुक्रवार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै पाठशालाले आगामी दश बर्षमा जिल्लामा मेडिसिन, इन्जिनियरिङ्ग, कृषि लगायतका बिभिन्न क्षेत्रमा असल व्यक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ ।

‘गर्दै सिक्दै’, प्रोजक्टमा आधारित सिकाई, बच्चाहरुलाई अन्वेषण गराउँदै अनुभवका आधारको सिकाई र सामाजिक मूल्य र मान्यतामा आधारित सिकाई मुख्य उदेश्य रहेको बिद्यालयका सल्लाहकार समितिका प्रा. डा. होमबहादुर बस्नेतले बताए ।

शिक्षकहरुलाई समयानुकुल तालिम र अवलोकन भ्रमण गराउँदै नयाँ पठनपाठनको प्रविधिको अवलम्वन समेत गराउँदै आएको उनले जानकारी दिए । २०६६ सालमा स्थापना भएको यस पाठशालामा प्ले ग्रुपदेखि पाँच कक्षासम्म संचालन छ । हाल १ सय ५० जना बिद्यार्थी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्