
भूपू सैनिक बिद्यालयका शिक्षकलाई क्षमता अभिवृद्धि तालिम
गोरखा नगरपालिका–८ खल्लुबोटेमा संचालित भूपू सैनिक आवासिय विद्यालयका शिक्षकहरुलाई लक्षित गरी क्षमता अभिवृद्धि तालिम संचालन गरिएको छ । शिक्षण सिप क्षमता अभिवद्धि गर्ने उदेश्यले तालिम संचालन गरिएको हो ।
शुक्रवार र शनिवार दुई दिनसम्म संचालन भएको तालिममा बिद्यालयका ९ जना शिक्षकहरुको सहभागीता रहेको थियो । तालिम अवधिभर द्रव्यशाह बहुमुखी क्याम्पसका सहप्राध्यापक कृष्णप्रसाद पराजुलीले सहजीकरण गररेका थिए । तालिम पश्चात बिद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुने अपेक्षा गरिएको बिद्यालयका प्रधानाध्यापक बिष्णुहरि अर्यालले बताए ।
तालिमको शनिवार एक कार्यक्रमकाबीच समापन गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय संरक्षक कृष्णबहादुर बस्नेत, नेपाल राष्ट्रिय भूपू संघका अध्यक्ष जोरबहादुर बस्नेत लगायतले मन्तव्य राखेका थिए ।




