| शनिबार, अशोज १६, २०८३

द्रव्यशाह क्याम्पसमा साइबर अपराध सम्बन्धी कार्यक्रम सम्पन्न

गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीलाई लक्षित गरी साइवर क्राईम सम्बन्धी कार्यक्रम गरिएको छ । गोरखा जेसीज गोरखाको सप्ताहव्यापी कार्यक्रम अन्तरगतको पाँचौ दिन बुधवार उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रमेशकुमार श्रेष्ठले साइबर अपराध सम्बन्धी सहजिकरण गरेका थिए । त्यस्तै अधिवक्ता स्थानेश्वर दुवाडीले साइवर अपराधका असर र कानूनी व्यवस्थाका बारेमा जानकारी गराएको कार्यक्रम संयोजक विष्णु राना मगरले बताए ।

गोरखा जेसीजका अध्यक्ष पुस्कर गुरुङको अध्यक्षता तथा गोरखा गनरपालिकाका मेयर कृष्णबहादुर राना मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडी, क्याम्पस संचालक समितिका अध्यक्ष शित्तकलकाजी मास्के, प्राध्यापक, जेसीजका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्