| शनिबार, अशोज १६, २०८३

गोरखामा विविध कार्यक्रम गरी साक्षरता दिवस मनाइयो

गोरखाका विद्यालयहरुमा विविध कार्यक्रम आयोजना गरी ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । साक्षरता दिवसकै अवसरमा रुम टु रिड अगुवाइ र एकीकरण नेपालको व्यवस्थापन सहयोगमा विविध कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

संस्थाको कार्यक्रम लागु भएको गोरखाका एकसय एक वटा सामुदायिक विद्यालय र दुई वटा संस्थागत गरी एकसय तीनवटा विद्यालयमा साक्षरता कार्यक्रम संचालन गरिएको रुम टु रिडका बरिष्ठ कार्यव्रmम अधिकृतले एल बी खड्काले बताए ।
सो अवसरमा विद्यार्थीहरुलाई साक्षरताको महत्व, नेपाल र गोरखा जिल्लाको साक्षरताको अवस्थाका बारेमा जानकारी सहित विद्यालयको विहानी प्रार्थना सभामा सबै थोक छोडी पस्तक पढौँ कार्यव्रmम गरिएको उनले बताए ।

त्यस्तै पढाइ दौड, स्मरण खेल, प्रवाह सहितको पठन, खेलकुद लगायतका कार्यक्रमहरु संचालन गरिएको एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले बताए । साक्षरता सिप प्रबद्र्धनका लागि रुम टु रिडको अगुवाइमा गरिएको कार्यक्रमले विद्यार्थीहरुमा उत्साह थपेको महालक्ष्मी मावि लक्ष्मी बजारका प्रअ चिरन्जीवी काप्रीले बताए ।

त्यस्तै, गोरखाको रामशाह चौतारो र ठुलो आँगनमा प्रारम्भिक कक्षाका बालबालिकाहरुलाई घरमा पढ्न सहयोग गर्ने सन्देश सहित बालसाहित्यमा विभिन्न कथाहरु वाचन गरिएको थियो ।

रुम टु रिडका बरिष्ठ कार्यव्रmम अधिकृत एल बी खड्का, सहायक अधिकृत सन्तोष खनाल र चन्द्रप्रभा कोइराला र बरिष्ठ सामाजिक परिचालक सरिता कटुवाल र एकीकरण नेपालका उज्वल वाग्लेले हाउभाउ सहित रमाइला कथाहरु वाचन गरेका थिए ।

कथा वाचन पछि कथाबाट प्रश्न सोधी सही उत्तर दिने विद्यार्थीहरुलाइ पुरस्कार समेत प्रदान गरिएको जनाएको छ ।
रुम टु रिडले गोरखाका आठ स्थानीय तहसँगको समन्वय र एकिकरण नेपालको व्यवस्थापन सहयोगमा जिल्लाका १०० विद्यालयहरुमा साक्षरता कार्यव्रmम संचालन गरिरहेको छ ।

बालबालिकाहरुमा पढ्ने सीप र पढ्ने बानीको विकासमा सहयोग गर्ने उद्देश्यले संचालित साक्षरता अन्तरगत विद्यालयहरुमा पुस्तकालय स्थापना, शिक्षकहरुलाई विभिन्न तालिम र नियमित विद्यालयहरुमा अनुगमन सहयोग गर्दै आइरहेको छ । आगामी शैक्षिक वर्ष २०८१ देखि स्थानीय तहहरुसँगको सहकार्यमा थप विद्यालयहरुमा कार्यव्रmम विस्तार गर्ने लक्ष्य रहेको जानकारी रुम टु रिड गोरखाका प्रमुख सुशिल तिम्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्