| शनिबार, अशोज १६, २०८३

जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा ओल्डक्यापिटलकी अर्याल पहिलो

जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा द ओल्ड क्यापिटलका प्रसिद्धिका अर्याल पहिलो भएकी छिन् । ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गोरखा प्याब्सनद्वारा आयोजित वक्तुत्वकला प्रतियोगितामा अर्याल प्रथम भएकी हुन् ।

‘भ्रष्टचार : समुनत राष्ट्रको चुनौती’ भन्ने शिर्षकको वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी अर्यालले नगद ४ हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छन् । प्रतियोगितामा ब्राइट फ्युचर एकेडेमी चोरकाटेका सिम्रन पौखरेल दोस्रो र लक्ष्मी शिक्षा सामुदायिकका भूमिका रानामगर तेस्रो भएकी छिन् । उनीहरुले क्रमश नगद तीन, दुई हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, प्रतियोगितामा सान्त्वना भएकी मोर्डन बोर्डिङ स्कुल हरमटारीकी आरिफा खातुन र अप्सना मियाँलाई नगद एक हजार सहित प्रमाणपत्र प्रदान गरिएकोे थियो ।

प्रतियोगिता जिल्लाभित्रका १० वटा संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्याब्सन गोरखाका सभापति कमल थापाको अध्यक्षता प्याब्सन गण्डकी प्रदेशका उपाध्यक्ष सिताराम तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्याब्सनका सल्लाहकार तथा प्राज्ञिक संयोजक जनक केसीले स्वागत मन्तव्य राखेका थिए ।

सोही कार्यक्रमको अवसरमा २०७९ को एसइइमा जिल्लाभरबाट सबै भन्दा धेरै अंक ल्याउने नेप्लिज एड्भान्स सेकेण्डरी स्कुल आरुघाटकी आयुष्मा श्रेष्ठलाई नगद ५ हजार सहित प्रमाणपत्रले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्