| शनिबार, अशोज १६, २०८३

सेन्ट जोसेफ स्कुलमा विज्ञान प्रदर्शनी

गोरखा नगरपालिकको ११ किलोस्थित सेन्ट जोसेफ स्कुलले बुधवार विज्ञान प्रदर्शनी गरेको छ । कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीको १९२ वटा समूहले निर्माण गरेको विज्ञान सामाग्रीहरु प्रदर्शन गरेको हो ।

प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका परम्परागत ढिकी, जाँतो, हलोेदेखि विद्युतबाट चल्ने नमुना कार, नमूना रेल र मकै छोडाउने विद्युतीय उपकरणसम्म प्रदर्शन गरेका थिए । यसका साथै विद्यार्थीले नै बनाएको माइक्रोस्कोप, टेलिस्कोप, वनस्पति तथा जीवको जीवनचक्र, आधुनिक कृषि प्रणाली, नमुना बस्तीको ढाँचा र जलवायु परिवर्तनबाट हुने असर बारे जानकारीमुलक सामग्री प्रदर्शनीमा राखिएको थियो ।

उक्त विज्ञान प्रदर्शनीको अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीयबासिन्दाले अवलोकन गरेका थिए । विद्यार्थीको प्रतिभाको पहिचान र अवसरका लागि यस्ता खाले प्रदर्शनी गरिएको सेन्टजोसेफ स्कुल गोरखाका प्रिन्सिपल सुनिल एक्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्