
गोरखा क्याम्पसको ४६ औँ वार्षिकउत्सव सम्पन्न
त्रिभुवन विश्वविद्यालयको गोरखास्थित एक मात्र आंगिक क्याम्पस गोरखा क्याम्पसको ४६ औँ वार्षिकउत्सव समारोह सम्पन्न भएको छ ।
सदरमुकाममा रहेको सो क्याम्पसको वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी बुधबार सम्पन्न भएको हो ।
कार्यक्रममा क्याम्पस प्रमुख रामशरण बानियाँले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी भएका वक्ताहरुले क्याम्पसका शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने, क्याम्पसमा खेलकुद मैदान निर्माण गर्नुपर्ने र विद्यार्थीहरुलाई क्याम्पसप्रति आकर्षण गर्नका लागि विशेष नीती बनाएर कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा क्याम्पसमा सहयोग गर्ने सहयोगदाताहरु, क्याम्पसमा कार्यरत उत्कृष्ट कर्मचारी, उत्कृष्ट शिक्षक, एमफिल गर्ने शिक्षकलाई सम्मान गरिएको सहायक क्याम्पस प्रमुख कमल कोइरालाले बताए ।
वार्षिकोत्सवको अवसर पारेर सम्पन्न भएका खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको उनले बताए ।
क्याम्पस प्रमुख रामशरण बानियाँको अध्यक्षता तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री हरिशरण आचार्य, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना लगायतले मन्तव्य राखेका थिए ।




