
विश्व वातावरण दिवसको अवसमा सरसफाई कार्यक्रम
गोरखामा विश्व वातावरण दिवसको अवसरमा गोरखा दरबार आसपासका क्षेत्रमा सरसफाई कार्यक्रम भएको छ । गोरखा नगरपालिकाको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।
सरसफाई कार्यक्रम सपिपिपलदेखि दरबार जाने मार्ग हुदै उपल्लोकोट छत्रे ढुगा हुदै स्टोन पार्कमा पुगेर सकिएको गोरखा नगरपालिकाका वातावरण अधिकृत धु्रव प्रसाद घिमिरेले जानकारी दिए ।
गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाको अध्यक्षतामा भएको कार्यक्रम नगरउपप्रमुख मसली माया थोकर, प्रमुख जिल्ला अधिकारी दिनेससागर भुसाल लगायतका नगरपालिकाका जनप्रनिििध, कर्मचारी, स्थानीयको उपस्थिति रहेको थियो ।




