| शनिबार, अशोज १६, २०८३

सुन्ने क्षमता कम भएका बिद्यार्थीलाई ‘हियरिङ एड’ वितरण

सुन्ने क्षमता कम भएका जिल्लाका नौजना बिद्यार्थीलाई ‘हियरिङ एड’ वितरण गरिएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोगमा लियो क्लब अफ गोरखाले शनिवार बिभिन्न बिद्यालयमा अध्ययनरत ९ जना बिद्यार्थीलाई सो उपकरण वितरण गरेको हो ।

महेन्द्रज्योति मावि दरवारमार्गका करण मग्राती, ब्रम्हचारिणी आधारभूत बिद्यालय पन्द्रुङकी विनिशा मग्राती, जलकन्या प्रावि थुमीकी विपिशा मग्राती, मनकामना बहिरा आवासीय माध्यमिक बिद्यालय टक्सारकी प्रमिला गुरुङ, सजिता श्रेष्ठ र सनुजा श्रेष्ठलाई उपकरण वितिरण गरिएको क्लबका अध्यक्ष बालकृष्ण परियारले बताए । त्यस्तै ताङ्लीचोक माध्यमिक बिद्यालयका प्रजित थापा, बालमन्दिर माध्यमिक बिद्यालय छहरेका सुभद्रा मालवुल र सतिश गुरुङलाई पनि उपकरण वितरण गरिएको उनले जानकारी दिए ।

शनिवार बिसौनीमोडस्थित गोरखा लायन्सको भवनमा एक कार्यक्रमका बीच बिद्यार्थीहरुलाई उक्त उपकरण वितरण गरिएको हो । कार्यक्रममा डा. क्षितिज सुवेदीद्वारा बिद्यार्थीहरुको कान परीक्षण समेत गरिएको थियो ।

क्लबका अध्यक्ष परियारको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा लियो जिल्ला परिषद ३२५ जे नेपालका निवर्तमान अध्यक्ष प्रकाश थापा, एड्भाइजर यम बसेल, लियो क्लब अफ गोरखा तारानगरका संस्थापक अध्यक्ष सुरज मालवुल लगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक लियो कोपिला गुरुङले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्