| शनिबार, अशोज १६, २०८३

द्रव्यशाह बहुमुखी क्याम्पसमा तथ्यांक विश्लेषणसम्बन्धी कार्यशाला सुरु

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पस गोरखामा मंगलबारबाट तथ्यांक व्यवस्थापन तथा विश्लेषण सम्बन्धी तीन दिने कार्यशाला सुरु भएको छ ।

बिश्व बिद्यालय अनुदान आयोगको सहयोग र क्याम्पसको आयोजनामा भएको उक्त कार्यशालामा द्रव्यशाह क्याम्पसमा शिक्षण गर्ने र जिल्लाका अन्य क्याम्पसका प्रतिनिधिहरुको समेत सहभागिता रहेको छ ।

कार्यशालामा अनुसन्धान, तथ्यांक संकलन, व्यवस्थापन र विश्लेषण लगायतका विविध विषयमा त्रिभुवन विश्व विद्यालयका कार्यकारी परिषदका सदस्य प्रा.डा. महानन्द चालिसे र त्रिविकै सहप्राध्यापक डा. ध्रुबलाल पाण्डेले सहजीकरण गर्नुहुने द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्