
प्राविधिक र संस्कृत तर्फबाट एसईई दिने विद्यार्थीको विवरण अद्यावधिक गर्न बोर्डको अनुरोध
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई विद्यार्थीको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ ।
कार्यालयले प्राविधिक र संस्कृततर्फबाट २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीको विवरण माघ १५ गतेभित्र अद्यावधिक गर्न अनुरोध गरेको हो ।
कार्यालयले विगतका वर्षहरुमा प्राविधिक र संस्कृत तर्फका परीक्षार्थीहरुको एसईई परीक्षाको प्रश्नपत्र व्यवस्थापन र नतिजा प्रकाशनको कार्यमा समस्या देखिएकोले समस्यालाई न्यूनीकरण गर्नका लागि विवरण अद्यावधिक गर्न अनुरोध गरेको जनाएको छ ।




