| मङ्लबार, कार्तिक २४, २०८३

लायन्स क्लव अफ गोरखा दरौदीद्धारा साँढे पाँच हजारको दृष्टि परीक्षण र निशुल्क चश्मा वितरण

लायन्स क्लव अफ गोरखा दरौदीले आफ्नो सातौ वर्ष प्रवेशको अवसरमा आँखा शिविर सम्पन्न गरेको छ । अन्धोपन निवारणको लागि १० दिने आँखा जाँच शिविर संचालन गरिएको क्लवले जनाएको छ ।

२०१६ नोभेम्वर २ तारिखका दिन स्थापना भएको क्लवले नोभेम्वर २ अर्थात १६ गतेवाट शुरु भएको शिविरमा ५ हजार ४ सय १० जनाको आँखा परीक्षण गरिएको छ ।

गोरखा नगरपालिकाका ७ वटा वडाको १३ विद्यालय, पालुङटार नगरपालिकाको वडा नम्वर १ को एक विद्यालय र सिराञ्चोक गाउँपालिकाको २ वटा विद्यालय गरी १६ विद्यालयका विद्यार्थीहरुवीच गरिएको परीक्षणवाट २०२ जनालाई निशुल्क चश्मा वितरण समेत गरिएको क्ल्वका अध्यक्ष रमेश विष्टले जानाकारी दिए ।

जटिल प्रकृतिको दृष्टिदोष भएका १८ जनालाई भने थप उपचारको लागि अस्पताल रिफर गरिएको शिविरमा सहभाग्री भरतपुर अस्पतालका प्राविधिक आयुष पौडेलले वताए । भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरको शुक्रबार एक कार्यक्रमका वीच समापन गरिएको छ ।

समापन कार्यक्रममा वोल्दै गोरखा नगरपालिकाका मेयर कृष्ण रानामगरले क्लवको कार्यको प्रशंशा गर्दै छेवेटारलाई नयाँ शहरको रुपमा विकास गर्न स्वास्थ्य , शिक्षा र पर्यटनको विकासमा आफूले आफ्नो कार्यकालमा उल्लेख्य काम गर्ने प्रतिवद्धता जनाए ।

क्लवले १० दिने अभियानकै क्रममा गत शनिवार रक्तदान कार्यक्रम समेत गरेको अध्यक्ष विष्टले वताए । नेपाल रेडक्रस सोसाइटी गोरखा र व्लड वैंक गोरखाको समन्वयमा भएको रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन गरिएको थियो । क्लवले मधुमेह दिवसको अवसरमा पारेर आगामी सोमवार छेवेटारमा निशुल्क डायविटिज परीक्षण गर्ने पनि विष्टले जानकारी दिए ।

साथै, लायन्स क्लव अफ गोरखा दरौदीको आयोजनामा तारा माविमा अध्ययनरत बालबालिकाहरु बीच चित्रकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । सो प्रतियोगितामा कक्षा सात की प्रतिक्षा तामाङ प्रथम भएको क्ल्वका अध्यक्ष रमेश विष्टले जानाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्