
प्राज्ञिक विद्यार्थी परिषदद्वारा सरस्वती माविलाई शैक्षिक सामाग्री सहयोग
गोरखा नगरपालिका वडा न ८ आहालेस्थित सरस्वती माविलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वारा आइतबार एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
विद्यालयमा अध्ययनरत एक सय २० जना बालबालिकाहरुलाई दुईलाख ३५ हजारको शैक्षिक सामग्री वितरण गरेको प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय सह संगठन सचिव रमेश कंडेलले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुका लागि झोला, अंग्रेजी सिकाई पुस्तक, ज्यामिती बक्स, टोपी र विद्यालयलाई नेपाली अंग्रेजी शब्दकोष वितरण गरिएको हो ।

कार्यक्रममा प्राज्ञिक विधार्थी परिषदका राष्ट्रिय संगठन सचिव रमेश कँडेल, गोरखा नगरपालिका शिक्षा प्रमुख चन्द्रबहादुर खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद कट्टेल, विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराई लगायतको उपस्थितिमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।





