| शनिबार, अशोज २३, २०८३

इमेज इन्स्टिच्युट गोरखाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री बितरण

गोरखा सदरमुकामस्थित शक्ति मावि र महेन्द्रज्योति माविलाई ब्याग बितरण गरिएको छ ।

इमेज इन्स्टिच्यूट प्रालिले आफ्नो स्थापना भएको नवौं बर्ष पूरा गरी १० औँ बर्षमा प्रवेश गरेको अवसरमा दुई विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई ब्याग बितरण गरेको हो ।

No description available.

महेन्द्र ज्योति माविमा अध्ययनरत १४ जना विद्यार्थी र शक्ति माविमा अध्ययनरत २९ जना विद्यार्थीलाई झोला वितरण गरिएको संस्थाकी ब्रान्च म्यानेजर तथा शिक्षिका आशिका रसाइलीले बताइन् ।

विद्यालयमा अध्ययनरत इसिडी र कक्षा एकमा अध्ययनरत विद्यार्थीलाई ब्याग वितरण गरिएको हो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार विद्यार्थीलाई ब्याग वितरण गरिएको उनले जानकारी दिइन् ।

No description available.

व्यवसायिक दृष्टिले मात्र नहेरी सामाजिक स्तरमा पनि केही गर्नुपर्छ भन्ने उद्देश्यले विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको संस्थाले जनाएको छ । आगामी दिनमा पनि थप सहयोग गर्दै जाने शिक्षिका रसाईलीले बताईन ।

गोरखा सदरमुकाममा विसं २०६९ सालमा इमेज इन्स्टिच्युट प्राली स्थापना भएको हो । इन्स्टिच्युटले हरेक बर्ष जापनिज भाषा अध्ययनसँगै जापान पठाउदै आएको छ । गोरखाको सबै भन्दा पुरानो संस्थाको रुपमा रहेको इमेज इन्स्टिच्युट प्राली जापानी भाषा अध्ययनका लागि आकर्षक र अग्रपंक्तिमा मानिन्छ । केन्द्रीय कार्यालय शहिदचोक नारायणघटमा रहेको यस प्रालिले गोरखा सदरमुकमको हरमटारीबाट सेवा दिँदै आएको जनाएको छ ।

No description available.
No description available.
प्रतिक्रिया दिनुहोस्