| सोमवार, कार्तिक २३, २०८३

बलात्कार र यौनजन्य अपराधको हदम्याद हटाउन माग

बलात्कार र यौनजन्य अपराधमा उजुरीका लागि राखिएको हदम्याद हटाउन अखिल नेपाल महिला संघले माग गरेको छ । संघले सोमवार गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै विद्यमान कानुन संशोधन गरेर यौनजन्य अपराधमा उजुरीका लागि राखिएको हदम्याद हटाउन माग गरेको हो ।

संघकी जिल्ला अध्यक्ष पार्वती पाठकले ज्ञापन पत्र बुझाउँदै हदम्याद तोकिएका कारण जघन्य अपराध बाहिर आउन नसकेको, हिंसाका घटना बढ्दै गएको बताइन् । साथै दैनिक उपभोग्य बस्तुको बढ्दो मूल्यवृद्धि नियन्त्रण गरी सर्वसुलभ उपलब्ध गराउनुपर्नेमा पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्