
प्रबल नेपालद्वारा सचेत नागरिक भोट सचेतना कार्यक्रम सम्पन्न
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रबल नेपालद्वारा ‘सचेत नागरिक भोट सचेतना’ कार्यक्रम संचालन गरिएको छ ।
वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नागरिकको भोटको महत्व बारेमा बुझाउन उक्त कार्यक्रम गरिएको सस्थांको सस्थापक अध्यक्ष रन्जिता अधिकारीले जानकारी दिइन् ।
उक्त कार्यक्रममा नागरिकलाई आफ्नो भोटको महत्व र मतदान किन गर्नुपर्छ ? हाम्रो मतले हाम्लाई हाम्रो समुदायलाई के कस्तो प्रभाव पार्छ ? भन्ने लगायका विषयलाई समेटेर सडकमा शान्तिपूर्ण र साङ्केतिक रुपमा पोष्टर प्रर्दशन गरि सम्पन्न गरिएको थियो ।
यसरी प्रदर्शन गर्नाले आम मानिसमा एक भोटको महत्व कति हुन्छ भन्ने कुरा बुझाउन र सहि उम्मेदवारलाई आफ्नो मत दिएमा देशलाई विकास तर्फ ढकेल्न सकिने विश्वासले उक्त कार्यक्रम गरिएको अध्यक्ष अधिकारीले जानकारी दिइन्।




