| सोमवार, कार्तिक २३, २०८३

पालुङ्टारमा रहेको बहुप्राविधिक शिक्षालयमा तालाबन्दी

गोरखा बहुप्राबिधिक शिक्षालयमा विद्यार्थीहरुको समूहले तालाबन्दी गरेका छन् । सोमबार भएको स्टिमेन्ट एन्ड क्वष्टिङ विषयको परिक्षाको प्रश्नपत्र बिग्रिएको तर प्रशासनले बेवास्ता गरेको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

प्रश्न पत्र बिग्रिएको छ भनेर पटक पटक प्रशासनलाई जानकारी गराउँदा पनि बेवास्ता गरेकाले आफुहरुले तालाबन्दी गर्नुपरेको विद्यार्थीको समूहले जानकारी दिएको छ । उनीहरुका अनुसार आपूmहरु क्याम्पस प्रमुखको कार्यकक्षमा प्रश्नपत्र गलत छ भनेर जाँदा प्रशासनले हप्काएर बाहिर निकालेका विद्यार्थीहरुको भविष्यमाथि नै खेलवाड गरेका आरोप लगाउँदै तालाबन्दी गरिएको हो ।

क्याम्पस प्रशासन विद्यार्थीहरुको सहजताका लागि भन्दा पनि प्रशासनिक सर्तमा लागेका कारण आफुहरु समस्यामा परेको विद्यार्थीहरुको समूहको भनाई छ । यता शिक्षालय प्रमुख प्रदीपराज बसौलाले भने प्रश्न पत्र गलत छ, भनेपछि सम्बन्धित शिक्षकलाई बोलाएको तर बाहिरी सुपरीवेक्षकलाई करेक्शन म्यासेज नआएकाले कसैलाई पनि जानकारी नभएर प्रश्न पत्र करेक्शन गर्न नसकिएको जानकारी दिए ।

सिटिभिटिका परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक पुष्प पौडेलका अनुसार कार्यालयले सबै परीक्षा शाखामा एकैचोटी करेक्शन म्यासेज पठाएको भन्दै पालुङ्टारमा मात्र सो म्यासेज नजाने भन्ने नै नहुने दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्