
आँबुखैरेनीमा ५ दिने उद्घोषण तालिम सम्पन्न
तनहुँको आँबुखैरेनी गाउँपालिका ५ स्थित सानो भञ्ज्याङ्गमा स्थानीय महिलाहरुको लागि ५ दिने उद्घोषण तालिम दिएको छ ।
आँबुखैरेनी गाउँपालिका वडा नं. ५ कोे आर्थिक सहयोग र भूमिका टेक्निकल सर्भिस प्रालिको प्राविधिक सहयोगमा स्थानीय महिलाहरुको लागि ५ दिने उद्घोषण तालिम दिएको हो ।
महिलाहरुको क्षमता विकास गर्न, गाउँ समुदायमा संचालन हुने विभिन्न कार्यक्रमहरुमा निर्धक्क साथ आफ्नो कुरा राख्न सक्ने बानीको विकास गर्ने उद्देश्यले उद्घोषण तालिम दिइएको बताइएको छ ।
चैत ३० गतेदेखि सुरु भएको तालिम शुक्रबार सकिएको हो । उद्घोषण तालिममा करिब १९ जना स्थानीय महिलाहरु सहभागीको सहभागिता रहेको थियो । तालिमलाई पत्रकार पवन पौडेल र चित्र सोल्टी गुरुङले सहजिकरण गरेका थिए ।




