
रेडक्रस बुंकोट उपशाखामा नयाँ पदाधिकारी चयन
नेपाल रेडक्रस सोसाइटी बुंकोट उपशाखा सभापतिमा इन्द्रराज ढकाल चयन भएका छन् । आईतवार भएको अधिवेशनले उप सभापतिमा संजिता श्रेष्ठ, सचिवमा राजेश श्रेष्ठ, कोषाध्यक्षमा बिभा राना मगर, उप सचिवमा नारायणकुमार श्रेष्ठ, उपकोषाध्यक्षमा नेत्रबहादुर खनाल बिजयी भएका हुन् ।
यस्तै सदस्यहरुमा बिष्णुमाया थापा मगर,काशिनाथ अम्गाई, सम्झना श्रेष्ठ, दिपककुमार श्रेष्ठ, लोककुमारी पोखरेल चयन भएका छन् । उपशाखाको छैटौँ अधिवशेनमा नयाँ कार्य समिति चएन भएको हो । उप शाखाका पूर्व सभापति मदन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति रेडक्रस गोरखाका सभापति यदुबिलास भट्टराई, वडा अध्यक्षहरु काशिनाथ अम्गाई, शरण श्रेष्ठ, रामप्रसाद लामिछाने लगायतले मन्तब्य राखेका थिए ।




