| सोमवार, कार्तिक २३, २०८३

विद्यालय विवरण पठाउन स्थानीय तहलाई निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी आर्थिक वर्ष २०७९र०८० का लागि कार्यक्रम तर्जुमा गर्न विद्यालयहरुको आधारभूत विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको छ ।

केन्द्रले सूचना जारी गर्दै विवरण चैत्र २२ गते भित्र अनलाइनमार्फत अद्यावधिक गर्न र उक्त फारामको प्रमाणित प्रति इमेल गर्न अनुरोध गरेको छ ।

आर्थिक वर्ष २०७९÷०८० को बार्षिक कार्यक्रम तथा बजेट तयारीको कार्य अन्तिम चरणमा रहेको र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) मा प्रविष्ट विवरणमा बजेट बिनियोजन प्रयोजनको लागि सत्यापन गर्न जरुरी रहेकोले अद्यावधिक गर्न अनुरोध गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्