| सोमवार, कार्तिक २३, २०८३

संयुक्त लेखनको ‘गोरखा परिचय’ पुस्तक विमोचन

गोरखा जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय सम्पदाहरु समेटिएको पुस्तक गोरखा परिचय विमोचन गरिएको छ । जिल्ला समन्वय समितिका पाँचौ जिल्ला सभाको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङद्वारा पुस्तक विमोचन गरिएको हो ।
उपप्राध्यापकद्वय यदु अधिकारी र रमेश अधिकारीद्वारा लिखित उक्त पुस्तकमा गोरखाको भौगोलिक, सामाजिक, आर्थिक, राजनैतिक लगायतका सबै विषयबस्तुहरु समेटिएको बताइएको छ ।

गोरखाको ऐतिहासिक घटनाहरुको विकास क्रम, गोरखाको लोकसाहित्य, कोट तथा गडीहरु, जिल्लाभित्रका विभिन्न ताल, पोखरीहरु, मनास्लु पदमार्ग, गोरखाका हिमाल आरोही, राष्ट्रिय अन्तर्राष्टिूय क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरु, गोरखाका १८ जातजातिको सामान्य चिनारी, जिल्लाको शैक्षिक इतिहास आदिका बारेमा पुस्तकमा समेटिएको लेखक अधिकारीले जानकारी दिए । यस्तै, २०१५ सालमा निर्वाचित सांसद र मन्त्रीहरु, २०४७ साल पछिका जिल्ला विकास पदाधिकारीहरु र २०७४ मा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको विवतरण पनि पुस्तकमा समेटिएको उनले बताए ।

गोरखाको भूगोल, इतिहास र जिल्ला विकास निर्माण कार्यहरु, सम्भावनाहरुका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको रमेश अधिकारीले जानकारी दिए । गोरखाको अध्ययन, अनुसन्धान गर्नका साथै जिल्लाका अवस्था बारे जानकारी राख्नका लागि यो पुस्तकले धेरैलाई फाइदा पु¥याउने उनको दावी छ ।

गोरखा परिचय पुस्तकको मूल्य एक हजार मुल्य राखिएको छ । पहिलो पटक पाँचसयप्रति छापिएको उक्त पुस्तक चार भन्दा बढी पेज रहेका छन् । २०५० सालदेखि संकलन गरिएका विषयबस्तुहरु पुस्तकमा समेटिएकाले जिल्लाका बारेमा खोज अनुसन्धान गर्ने विद्यार्थी पुस्तकले धेरै सहयोग गर्ने लेखक अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्