
त्रिविका स्थगित परीक्षा फागुन १ देखि सुरु हुने
त्रिभुवन विश्वविद्यालयका परीक्षाहरु सुरु हुने भएका छन् । कोरोना संक्रमण जोखिम औंल्याउँदै स्थगित भएका परीक्षाहरु फागुन १ देखि सुरु हुने भएको हो । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार सूचना प्रकाशित गर्दै २०७८ सालमा सञ्चालन हुने शिक्षा र मानविकी संकायका तीन वर्षे स्नातक तहको नियमित तथा आंशिक परीक्षा सुरु हुने भएको हो ।
यस्तै, प्राइभेटतर्फका परीक्षार्थीहरूको परीक्षा पनि सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।




