| सोमवार, कार्तिक २३, २०८३

फेसबुक ह्याकबाट सांसद नै पीडित

तपाईंको फेसबुक कुन–कुन उपकरणमा खुल्लै छ ? यसरी गर्नुहोस् लग–आउट

फेसबुक प्रयोगकर्तामध्ये धेरैलाई आफ्नो फेसबुक कहिले खोलेको भन्ने ठ्याक्कै थाहा नहोला। यो थाहा भइहाले पनि कुन(कुन उपकरण (मोबाइलरल्यापटपरकम्प्युटर) बाट लग(इन गरेको भन्ने याद नहोला। यसो गर्दा फेसबुक असुरक्षित हुन सक्छ।

कसैले ह्याक समेत गरिदिन सक्छ। धेरैलाई ुलग(इन गरेँपछि लग(आउट गरिहालिन्छ निु भन्ने हुँदो हो। तर कहिलेकाहीँ लग(आउट गर्न बिर्सिएको पनि हुन सक्छ।

तर तपाईंलाई थाहा छ, तपाईंले कुनै नयाँ उपकरण वा नयाँ ब्राउजरमा लग(इन गर्नुभयो भने त्यो विवरण फेसबुकले पनि राख्छ। यो फेसबुकको ुसेक्युरिटी एन्ड लग(इनु भन्ने विकल्पमा हुन्छ। जुन ुसेटिङ्गसु अन्तर्गत पर्छ।

यसरी हेर्नुहोस् तपाईंको फेसबुक कुन(कुन उपकरण र कु–कुन ब्राउजरमा कुन स्थानबाट लग–इन भएको थियोरछ। र, आफ्नो फेसबुक सुरक्षित राख्न ती सबैबाट लग–आउट गर्नुहोस्।

– सुरूमा तपाईं फेसबुक एप अथवा ब्राउजरबाट फेसबुक खोल्नुहोस्

– फेसबुक खोलेपछि त्यसको ुसेटिङ्गस एन्ड प्राइभेसीु भन्ने विकल्प रोज्नुहोस्

– त्यहाँ तपाईंले सबैभन्दा माथि ुअकाउन्टु भन्ने विकल्प देख्नुहुन्छ। त्यसभित्र ुपर्सनल एन्ड अकाउन्ट इन्फर्मेसनु, ुपासवर्ड एन्ड सेक्युरिटीु र ुपेमेन्टुको विकल्प देख्नुहुन्छ। त्यसमध्ये ुपासवर्ड एन्ड सेक्युरिटीु विकल्प रोज्नुहोस्

– अब यहाँ तपाईंले ुह्वेर यू ह्याभ लग्ड – इनु अर्थात ुयी उपकरणमा तपाईंको फेसबुक खुल्ला छु भन्ने खण्डअन्तर्गत तपाईंको फेसबुक लग(इन भएको उपकरण र स्थानहरूको विवरण पाउनुहुन्छ। अब आफूलाई थाहा नभएको ब्राउजररउपकरणहरूबाट आफ्नो फेसबुक लग(आउट गर्नुहोस्।

अझ तपाईंलाई केही शंका लाग्छ भने यो पृष्ठको सबैभन्दा तल ुलग(आउट अफ अल सेसनु भन्ने विकल्प देख्नुहुनेछ। त्यसलाई चयन गरी सबै उपकरणरब्राउजरबाट आफ्नो फेसबुक एकै पटक लग(आउट गर्न सक्नुहुनेछ।

वर्षौदेखि फेसबुक चलाइरहदाँ धेरैलाई कति ठाउँबाट फेसबुक लग – इन गरेँ भन्ने थाहा नहुन सक्छ। यसरी अब तपाईंले लग – इन भएका सबै उपकरणरब्राउजरबाट फेसबुक लग – आउट गर्न सक्नुहुन्छ।

साथै, फेसबुक अकाउन्ट थप सुरक्षित राख्न प्रयोगकर्ताले बेला – बेलामा पासवर्ड परिवर्तन गर्नुका साथै कडा पासवर्ड रोज्ने, डबल – अथेन्टिकेसन भेरिफिकेसन, अथराइज लग – इन, कोड जेनेरेटरजस्ता फेसबुक सुरक्षाका उपायहरू अपनाउन सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्