
गोरखाको महेन्द्रज्योति माविको अध्यक्षमा सोम अच्छामी
गोरखा सदरमुकामको दरबारमार्गस्थित महेन्द्रज्योति माविमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
बिहिबार विद्यालयमा भएको अभिभावकको भेलाले सोम अच्छामीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।
समितिको सदस्यहरुमा तोपप्रसाद श्रेष्ठ, शिवराम भुसाल राना, श्रेया राना र रीता परियार चयन भएका छन् । त्यस्तै, गुणस्तर लेखाजोखा तथा सुपरीवेक्षण समितिको संयोजकमा थिरभक्त श्रेष्ठ चयन भएका छन् ।
समितिको सदस्यहरुमा राजेन्द्र गान्धारी, राज विक र पम्फा सिर्मल सर्वसम्मतले चयन भएको विद्यालयले जनाएको छ ।




