
बालमन्दिर गोरखामा धिरजबहादुर मास्के
गोरखा सदरमुकामको बालमन्दिर माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धिरजबहादुर मास्के चयन भएका छन् । बिहिबार सम्पन्न अभिभावकहरुको भेलाले मास्केलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो ।
साथै सदस्यहरुमा सन्तोष थापा, विनिता गुरुङ, मिनु खनखवास र भक्तराम राना चयन भएका विद्यालयका प्रधानाध्यापक शिव थापाले जानकारी दिए ।
साथै लुमनाथ लामिछानेको अध्यक्षतामा गुणस्तर लेखाजोखा तथा सुपरीवेक्षण समिति गठन भएको छ ।
जसको सदस्यहरुमा कुलमान गुरुङ, सरस्वती गुरुङ र नुमछिरिङ गुरुङ चयन भएका प्रधानाध्यापक थापाले जानकारी दिए ।




