| सोमवार, कार्तिक २३, २०८३

मनकामना बहिरा माविमा विद्यालय व्यवस्थापन समिति गठन

गोरखा नगरपालिका वडा नं १० मा पर्ने मनकामना बहिरा आवासीय माविमा विद्यालय व्यवस्थापन समिति र गुणस्तर लेखाजोखा तथा सुपरिवेक्षण समिति गठन भएको छ ।

शनिबार सम्पन्न भएको कार्यक्रमबाट विद्यालयत व्यवस्थापन समितिको अध्यक्षमा खडानन्द रेग्मी चयन भएको छ । त्यस्तै, समितिको सदस्यहरुमा दिपक रेग्मी, कृष्ण बहादुर कुमाल, सुमित्रा कुमाल र विमला थापा चयन भएका छन् ।
त्यस्तै, गुणस्तर लेखाजोखा तथा सुपरिवेक्षण समितिको अध्यक्षमा उद्धव सुवेदी चयन भएका छन् ।

कार्यक्रममा विद्यालयका शिक्षक विनिता श्रेष्ठ, वडा अध्यक्ष देवीबहादुर बस्नेत, विश्वनाथ वाग्ले, रामकुशल पन्त र उद्धव सुवेदीले मन्तव्य राखेका थिए ।
खडानन्द रेग्मीको अध्यक्षता तथा गोरखा नगरपालिका वडा नं १० का वडा अध्यक्ष देवीबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्