| सोमवार, कार्तिक २३, २०८३

सलाङ्गिरीका बालबालिकालाई न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण

गोरखा नगरपालिका वडा १४ मा रहेको सलाङ्गिरी प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाइ न्यानो कपडा र स्टेशनरी सामान वितरण गरिएको छ ।

विहिबार विद्यालयमा आयोजित एक कार्यक्रममा बीच उक्त सामाग्री वितरण गरेका हुन् ।

लायन्स क्लव अफ आँबुखैरेनी सिटी अध्यक्ष ऋषि केसीको पहल उक्त सामाग्री वितरण गरिएीको क्लवका सदस्य प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार विद्यालमा अध्ययतरत २३ जना बालबालिकालाई स्वीटर र शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई केही सहयोग पुगोस भन्ने उद्देश्यले उक्त सामाग्री वितरण गरेको क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्