| सोमवार, कार्तिक २३, २०८३

वैदिक गुरुकुललाई सिरक र न्यानो कपडा वितरण

गोरखाको बैदिक गुरुकुललाई फाईबर सिरक र न्यानो कपडा वितरण गरेको छ । चितवनको युवाहरुको संस्था युवा मञ्च चितवन नामक संस्थाले शनिबार एक कार्यक्रमका बीच गुरुकुल बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई सिरक र न्यानो कपडा वितरण गरेका हुन् ।

संस्थाले २४ थान फाईबर सिरक र २९ सेट न्यानो कपडा (टोपी, टाउजर र टूयाक) बितरण गरिएको कार्यक्रम संयोजक तलसीप्रसाद भट्टले बताए । ‘स्वदेश तथा बिदेशमा रहेका नेपाली साथीहरुबाट प्राप्त सहयोगबाट सिरक र न्यानो कपडा खरिद गरेर गुरुकलमा अध्ययनरत बिद्यार्थीहरुलाई सामाग्री प्रदान गरिएको हो’ संयोजक भट्टले भने ।

करिब ८० हजार रुपैयाँ बरावरको सामाग्री गुरुकुललाई हस्तान्तरण गरिएको मञ्चका इन्द्र आचार्यले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि गोरखा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नारायणप्रसाद अर्यालले बिद्यालयमा अध्ययरनत बिद्यार्थीहरुलाई उक्त सामाग्री प्रदान गरेका थिए ।
६ बर्षदेखि १२ बर्षसम्मका बिद्यार्थीहरु अध्ययनरत उक्त बिद्यालयमा गोरखा, चितवन, बाजुरा, मुगु, कैलाली, कालिकोट र जुम्लाका गरी २४ जना बिद्यार्थीहरु अध्ययनरत रहेको बिद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्