
जन्मदिनको खुशीयालीमा बिद्यार्थीलाई न्यानो कपडा र झोला उपहार
सिरानचोक गाउँपालिका ४ छोप्राक स्थायी घर भई हाल गोरखा नगरपालिका ८ हरमटारी निवासी बद्रीप्रसाद पोखरेलले आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यार्थीलाई न्यानो कपडा र झोला वितरण गरेका छन् ।
आफनो जन्मदिनका खुशीयालीमा पोखरेलले गोरखा नगरपालिका ९ को गोरखकाली प्राथमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई जाडोमा लगाउन ट्रयाक सुटसहित झोला प्रदान गरेका हुन ।
नेपाली सेनाबाट भर्खरै निवृत्त भएका उनले जन्मदिनको अवसरमा सो विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका ५० जना बिद्यार्थीलाई न्यानो कपडा र झोला प्रदान गरेका सहायक प्रधानाध्यापक सविना पोखरेलले जानकारी दिइन् ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले बिद्यार्थीसहित एक बृद्धा अभिभावकलाई पनि न्यानो कपडा समेत हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका सदस्य शान्तसिंह बस्न्यात, प्रधानाध्यापक रमेशचन्द्र पोखरेल लगायतले बोलेका थिए । कार्यक्रममै सहयोगदाता पाखरेललाई बिद्यालयले सम्मान समेत गरेको थियो ।




