
गोरखाका प्रकास थापालाई समाजशास्त्र डेजर्टेशन पुरस्कार २०२१
यसबर्षको नेपाल समाजशास्त्र संघ डेजर्टेसन पुरस्कार(२०२१) गोरखाका प्रकासबाबु थापाले हात पारेका छन् । शहीदलखन गाउँपालिका ८ बुंकोट निबासी थापालाई नेपाल समाजशास्त्र संघको दोस्रो अधिबेशनको उद्घाटन समारोहमा सो शीर्षकको पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर भीमप्रसाद सुवेदीले पुरस्कृत व्यक्तित्व थापालाई प्रमाणपत्रसहित नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए । एकबर्ष खर्चेर ‘सोसियल कन्स्ट्रक्सन अफ पार्किन्सन डिजिज’ शीर्षकमा अध्ययन तथा अनुसन्धान गरी शोधपत्र तयार गरेका थिए ।
पुरस्कारका लागि नेपालभरबाट २०२१ सालभित्र तयार भएका शोत्रपत्रहरुमध्यबाट थापासहित अरु दुई उत्कृष्ट शोधपत्रलाई पनि पुरस्कृत गरिएको थियो ।




