
त्रिवेणी माविको विव्यस अध्यक्षतामा लामा
पालुङ्टार नगरपालिका ९ स्थित त्रिवेणी माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चक्रबहादुर लामा चयन भएका छन् ।
हालै सम्पन्न समितिको बैठकले लामाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको प्रधानाध्यापक गणेश सेढाईँले जानकारी दिए ।
गत असोज १९ गते सम्पन्न अभिभावक भेलाले ११ सदस्यीय समिति गठन गरेको थियो ।
समितिको सदस्यहरुमा अमृतबहादुर नगरकोटी, सुनसिङ तामाङ, नवराज पोखरेल, सर्मिला सुनार, ठाकुरप्रसाद अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष समेत रहेका पदमप्रसाद अधिकारी, वडा प्रतिनिधिको तर्फबाट कृष्णबहादुर अधिकारी, नगरप्रतिनिधिको तर्फबाट लोकबहादुर लामा, शिक्षक प्रतिनिधिको तर्फबाट गणेश गुरुङ र सदस्य सचिवमा प्रधानाध्यापक गणेशराज सेढाईँ रहेका छन् ।






